विवाह हुने बित्तिकै यी ६ कुरा नकोट्याउनु नै राम्रो

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २२, बिहिबार (५ साल अघि)
  • १४ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । विवाहपछि महिला तथा पुरुषले सँगसँगै एउटा लामो यात्रा गर्ने कसम खाएका हुन्छन् । तर यो नयाँ यात्राका शुरुवाती दिनहरु निकै चुनौतिपूर्ण हुने गर्दछन् । विवाह हुनेवित्तिकै गरिने सानो गल्तीले पछि निकै ठूलो असर पार्ने गर्दछ । तसर्थ, वैवाहिक बन्धनमा बाँधिने वित्तिकै यी ६ कुरालाई कोट्याउनु हुदैन ।

विवाह खर्चसम्बन्धी
हाम्रो रीतिरिवाजका कारण विवाहमा निकै खर्च हुने गर्दछ । तर विवाह हुनेवित्तिकै कति खर्च भयो भनेर आफ्नो जीवनसाथीसँग सोध्नु उचितहुदैन । खर्चबारे कुरा गर्दा विवाद हुने गर्दछ ।

आफन्तको खिल्ली उडाउनुहुन्न
भर्खरै सम्बन्ध जोडिएको बेलामा पतिले पत्निका आफन्तबारे र पत्निले पतिका आफन्तबारे खिल्ली उडाउने वा होच्याउने काम गर्नुहुदैन । आफन्तबारे कुनै खालको गलत प्रतिक्रिया दिंदा एकअर्का प्रतिको विश्वास बनाउन निकै कठिन हुन्छ ।

जीवनसाथीलाई अरुसँग तुलना गर्नुहुदैन
विवाह हुनेवित्तिकै आफ्नो जीवनसाथीलाई अरुसँग तुलना गर्नु राम्रो मानिदैन । भर्खर सम्बन्धमा गाँसिएको बेलामा यस प्रकारको तुुलनाले वैवाहिक जीवनमा अनेक खालका समस्या उत्पन्न गर्दछ । त्यस्तै तुलना गर्ने बानीका कारण जीवनसाथीको तपाईप्रति नकरात्मक सोंच पैदा हुन सक्दछ ।

एकअर्काका साथीबारे टिकाटिप्पणी गर्नुहुदैन
विवाह मण्डपमा केटापक्ष तथा केटीपक्ष मिलेरे निकै हाँसीमजाक र रमाइलो गर्दछन् । तर विवाह सकिएपछि यस प्रकारको ठट्यौलीलाई गम्भीररुपमा लिनुहदैन । अथवा यसबारे कुनै टिकाटिप्पणी गर्नुहुदैन । त्यसमा पनि जीवनसाथीका नजिकका साथीबारे नराम्रो सोच्नु वा भन्नु तपाईका लागि निकै खतरनाक सावित हुन सक्दछ ।

आफ्नो विचार लादनुहुदैन
विवाहपछि ‘मेरो गोरुको बाह्रै टक्का’ भन्ने सोच्नु भयो भने यसले निकै समस्या निम्त्याउन सक्दछ । आफ्नो जीवनसाथीको विचारलाई सम्मान गर्न सक्नुभएन भने शुरुमा नै सम्बन्धमा दरार पैदा हुन्छ । फलस्वरुप आपसी समझदारी, विश्वास र प्रेम बढाउन निकै कठिन हुन्छ ।

काम छुट्याउनु वा तेरो मेरो भन्नु हुदैन
विवाह लगत्तै यो मेरो काम हो, त्यो मेरो काम होइन वा यो मेरो सामान हो वा त्यो मेरो सामान होइन भन्ने सोंच राख्नु निकै गलत मानिन्छ । विवाह भएपछि पति(पत्निले सम्पूर्ण जीवन एकसाथ विताउने भनेर गरिएको बाचालाई यस प्रकारको व्यवहारले कमजोर बनाउँछ । त्यसकारण विवाह हुने वित्तिकै तेरो काम र मेरो काम, वा तेरो सामान, मेरो सामान भन्नु हुदैन । बरु हाम्रो काम हाम्रो सामान भनेर एकअर्कालाई मद्दत गर्दा पछिसम्म यसले सकरात्मक छाप पार्न सक्दछ ।

ताजा अपडेट

खोजी गर्नुहोस