नारायणगढ–मुग्लिन सडक अवरुद्ध, घुमाउनेमा ठूलो पहिरो

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण १९, शनिबार (५ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

साउन १९,चितवन । पहिरोका कारण नारायणगढ– मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । सडकखण्डको घुमाउने भन्ने ठाउँमा आज बिहान साढे ६ बजेतिर ठूलो पहिरो गएकाले बाटो अवरुद्ध भएको छ ।

लगातार पानी परेको तथा पहिरो झर्ने क्रम नरोकिएकाले बाटो खुलाउने प्रयासमा समस्या भएको मुग्लिन प्रहरीले जनाएको छ । पहिरो हटाएर बाटो खुलाउन समय लाग्ने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरिएको छ ।

निर्माणाधीन यो सडकखण्डमा पानी परेपछि प्राय पहिरो जाने गरेको छ । ट्राफिक प्रहरीले पहिरोका कारण बाटो अवरुद्ध भएकाले तत्कालका लागि वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह पनि गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस