फाल्गुण २२, काठमाण्डौ । हिजो (बुधबार) एकैदिन तोलामा २२ सय रुपैयाँ बढेर रेकर्ड बनाएको सुनको मूल्य आज पनि बढेको छ । हिजो ८० हजार ५ सय प्रतितोलामा कारोबार भएको सुनको मूल्य आजका लागि ८० हजार ७ सय रुपैयाँ तोकिएको छ ।