सिटी एक्सप्रेस मनी ट्रान्सफर र EMQ बिच रेमिटान्स कारोबार सुरु

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २२, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २२,काठमाडौँ । ख्यातिप्राप्त रेमिटान्स कम्पनी EMQ लिमिटेडर सिटी एक्सप्रेस मनी ट्रान्सफर बिच रेमिटान्स कारोबर सुरु भएको छ ।जापान, यु. ए. ई. जोर्डन स्थित उपभोक्ताहरुले EMQ को सेवा प्रयोग गरि सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन ।

नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ । उक्त सम्झौतामा सिटी एक्सप्रेसको तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन EMQ लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले हस्ताक्षर गरेका थिए ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १३ वर्ष देखि विश्व भरी आफ्नो रेमिट एजेन्टहरुबाट ७५०० भन्दा बढि नेपालको एजेन्टहरु मार्फत भुक्तानी प्रदान गर्दै आइरहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस