वैकल्पिक उर्जा केन्द्र र ग्लोबल ग्रिन ग्रोथ इन्ष्टिच्युटबीच दीगो ऊर्जा तथा हरित विकासमा सहकार्य सम्झौता

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २२, बिहिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फागुन २२,काठमाडौँ । वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र ग्लोबल ग्रिन ग्रोथ इन्ष्टिच्युट (Global Green Growth Institute-GGGI) बीच दीगो ऊर्जा तथा हरित वृद्धिमा सहकार्यको लागि समझदारीपत्रमा हस्ताक्षर भएको छ । बिहिबार खुमलटार ललितपुर स्थित वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रको कार्यालयमा उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो । समझदारी पत्रमा केन्द्रको तर्फबाट कार्यकारी निर्देशक मधुसुधन अधिकारी र जिजिजिआइको तर्फबाट सो संस्थाका महानिर्देशक फ्र्यांक रिजबम्र्यानले हस्ताक्षर गरेका छन ।

दक्षिण कोरियाको सिउलमा मुख्य कार्यालय रहेको जिजिजिआइ सदस्य राष्ट्रहरुबीच भएको सम्झौता बमोजिम स्थापित एक अन्तराष्ट्रिय अन्तर सरकारी संस्था हो । जिजिजिआइको प्रमुख उद्देश्य अति कम विकसित तथा विकासोन्मुख राष्ट्रहरुमा दीगो विकास प्रवद्र्धन तथा हरित आर्थिक वृद्धि ढाँचाको प्रवद्र्धन गर्नु हो जसले गरिबी न्यूनीकरण, अवसरहरुको सिर्जना, वातावरणीय लक्ष्य सहितको सामाजिक विकास जस्ता आर्थिक उद्देश्यलाई एकीकृत रुपमा अघि बढाउँछ ।

दुवै पक्षबीचको सहयोगको प्रारुपलाई औपचारिकता प्रदान गर्ने तथा नेपालमा दीगो ऊर्जा र हरित विकासको लागि दुवै पक्षबीच सहमति भएका क्रियाकलापहरु कार्यान्वयन गर्नु समझदारीको प्रमुख उद्देश्य रहेको छ । उपरोक्त उद्देश्य हासिलको लागि आपसी सहयोगका प्रमुख क्षेत्रहरुमा दीगो ऊर्जा सम्बन्धी हरित लगानीका परियोजनाहरु कार्यान्वयनमा सहयोग पु¥याउनु रहेको छ । केन्द्रको आवश्यकताको आधारमा जिजिजिआइले प्राविधिक सल्लाह सेवा तथा हरित जलवायु कोषमा पेश गरिने दीगो ऊर्जा सम्बन्धी परियोजना विकासको लागि सहयोग गर्नेछ । त्यस्तै लगानीयोग्य ऊर्जा परियोजनाहरुको डिजाइन र वित्तिय स्रोतको लागि सहजीकरण, हरित लगानी तथा ऊर्जा परियोजना डिजाइनमा अन्तराष्ट्रिय विज्ञहरु तथा असल अभ्यासहरुलाई उपयोग गर्ने, केन्द्रले हरित जलवायु कोषमा पेश गर्ने प्रस्तावहरु पुनरावलोकन गर्ने तथा केन्द्रसँग आपसी समझदारीमा प्राविधिक सहयोगका क्षेत्रहरुमा सहभागिता जनाउने जस्ता कार्यमा जिजिजिआइले सहयोग गर्नेछ ।

त्यसैगरी उल्लेखित क्रियाकलापहरुलाई प्रभावकारी रुपमा कार्यान्वयन गर्नको लागि केन्द्रले हरित जलवायु कोषमा पेश गरेका कार्यक्रमहरुलाई अघि बढाउन जिजिजिआइको सहयोग लिने, हरित जलवायु कोषमा पेश गरिने परियोजना प्रस्ताव तयार गर्नको लागि जिजिजिआइसँग संयुक्त रुपमा कार्य गर्ने, जिजिजिआइलाई आवश्यक पर्ने तथ्यांक तथा सुचना उपलब्ध गराउने, सरोकारवालाहरुसँग परामर्श तथा छलफलहरुको संयुक्त आयोजना गर्ने जस्ता कार्यहरु गर्नेछ ।

यस समझदारी बमोजिमका कार्यहरुलाई समन्वय गर्न केन्द्रको तर्फबाट सहायक निर्देशक राजु लौडारी र जिजिजिआइको तर्फबाट जिजिजिआइका नेपाल प्रतिनिधी रोअन फ्रसेरलाई तोकिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस