सशान कंडेलको भजन ‘हरेराम हरे कृष्ण-२’ सार्वजनिक

  • अनलाइन केन्द्र
  • / भिडियाे /
  • २०७६ फागुन २२, बिहिबार (५ साल अघि)
  • २१ पटक पढिएको
Post Thumbnail

फागुन २२,काठमाडौँ । गत बर्ष सार्वजनिक भइ अत्याधिक लोकप्रिय बनेको भजन ‘हरेराम हरे कृष्ण’को अपार सफलता पछि गायक सशान कंडेलले नयाँ भजन ‘हरेराम हरे कृष्ण-२ रिलिज गरेका छन । पहिलो भजनको तुलनामा अझ बढी मेहनतका बनाइएको यो भजनको अडियो र भिडियो निकै नै उत्कृष्ट बनेको छ।

इस्टन र वेस्टनको फ्युजनमा बनेको यो भजनले अहिलेका नयाँ पुस्ताहरुको पनि एक्दमै मन जितेको छ साथै बच्चादेखि बुढासम्मले पनि एकदमै मन पराएको यो भजनको शब्द सशानको आफ्नै रहेको छ भने संगीत राजेन्द्र बजगाइको रहेको छ। गीतको भावअनुसार भिडियो पनि निकै उत्कृष्ट बनेको छ। बुद्ध थापा र ओम प्रसाइको भिडियो छायांकन , बिकास दाहालको सम्पादन, र निर्देशन स्वयम सशान कंडेलकै रहेको छ।

शब्दको भावअनुसार उत्कृष्ट ढङले छायांकन गरिएको यस ‘हरेराम हरे कृष्ण-२’ ले पनि सार्वजनिक भएको केहि दिनमै पहिलो भजन जत्तिकै स्रोता र दर्शकको माया र साथ पाइरहेको छ।

ताजा अपडेट

खोजी गर्नुहोस