चर्चित क्रिकेटर सहवागले नेपाललाई बधाई दिँदै भने-‘यो त सुरुवात मात्रै हो’

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १९, शनिबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

साउन १९,काठमाडौँ । नेपालले आफ्नो ऐतिहासिक पहिलो एक दिवसीय श्रृंखला बराबरी गर्न सफल भएको छ । नेपालको यो ऐतिहासिक जितमा बधाईको ओइरो लागेको छ ।

यसै क्रममा पूर्व भारतीय क्रिकेटर वीरेन्द्र सहवागले नेपाललाई बधाई दिएका छन् । उनले ट्वीट गर्दै नेपाललाई जितको बधाई दिएका हुन् । उनले लेखेका छन्, ‘हिजोको जितका लागि स्याबास, नेपाल । पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय खेलमा रोमाञ्चक जितका लागि बधाई । यो त सुरुवात मात्रै हो, शुभकामना छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस