जापान-कोरिया हुँदै नेपाल आएका युवालाई उच्च ज्वरो, कोरोनाको आशंकामा अस्पताल भर्ना

Post Thumbnail

फाल्गुण २३, सुर्खेत । जापानबाट कोरिया हुँदै नेपाल आइपुगेको एक जनामा उच्च ज्वरो देखिएपछि चिकित्सकको निगरानीमा राखिएको छ । बिहीबार बिहान सुर्खेत विमानस्थलमा जाँच गर्दा एक युवालाई १००।५ डिग्री सेल्सियस ज्वरो देखिएको अस्पतालका निर्देशक डा डम्बर खड्काले जानकारी दिए । काठमाडौँबाट सुर्खेत आएका ती युवामा ज्वरोको मात्रा बढी देखिएपछि चिकित्सकको निगरानीमा राखिएको हो । उनलाई प्रदेश अस्पताल कालागाउँमा चिकित्सकको निगरानीमा राखिएको छ ।

अस्पतालका निर्देशक खड्काले ज्वरो बढी देखिएकाले पूर्ण रुपमा स्वास्थ्यकर्मीको निगरानीमा राखिएको जानकारी दिए । प्रदेश सरकारले विश्वमा महामारीको रुपमा फैलिएको सो भाइरस सुरक्षित रहन सुर्खेत विमानस्थलमा ‘हेल्थ डेस्क’ स्थापना गरेपछि दैनिक स्वास्थ्य जाँच सुरु गरिएको हो । यता प्रदेश राजधानी वीरेन्द्रनगरस्थित मेडिकलहरुमा सर्जिकल माक्सको अभाव देखिएको छ । नेपालमा पनि कोरोना भाइरस कोभिड – १९ संक्रमण फैलिन सक्ने सन्त्रास बढेपछि यहाँका व्यवसायीले महङ्गो मूल्यमा मौज्दात सर्जिकल मास्क काठमाडौँ निर्यात गरेपछि अभाव सिर्जना भएको हो ।

नेपाल औषधि व्यवसायी सङ्घ सुर्खेतका अध्यक्ष रणबहादुर खड्काले जिल्लामा रहेका करिब १०० मेडिकल तथा सर्जिकल सप्लायर्समा हाल माक्स मौज्दात नरहेको जानकारी दिए । वीरेन्द्रनगरमा सर्जिकल मात्र नभई कपडाका मास्क पनि अभाव देखिन थालेको छ । रासस

ताजा अपडेट

खोजी गर्नुहोस