मास्क लगाएर दिल्ली लागे कांग्रेस नेता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २३, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाडौं । मास्क लगाएर नेपाली कांग्रेसका नेताहरु दिल्ली प्रस्थान गरेका छन् । नेपाली कांग्रेसमा महामन्त्री डा। शशांक कोइरालासँगै केन्द्रीय सदस्यहरू डा।मीनेन्द्र रिजाल, डा।चन्द्र भण्डारी, दीपक गिरी, पूर्वसांसद उदय शम्शेर राणा र दीपक खड्का भारत गएका हुन् ।

उनीहरुले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क लगाएको तस्वीर सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ । उनीहरुले भारत जाने बेला मास्क लगाएको सामूहिक फोटो बाहिरिएको छ । केही दिनअघि भारतको उत्तर प्रदेशको भ्रमण पूरा गरेर स्वदेश फर्किएका महामन्त्री डा।कोइराला पुनः बनारस प्रस्थान गरेको उनको निजी सचिवालयले जनाएको छ । बनारसमा रहँदा डा।कोइरालाले नेपालको प्रजातन्त्र स्थापनामा काशी क्षेत्रले खेलेको भूमिका विषयक कार्यक्रमलाई सम्बोधन गर्ने कार्यक्रम छ ।

ताजा अपडेट

खोजी गर्नुहोस