नेपालमा ६ महिनासम्म औषधी अभाव हुँदैन : औषधी उत्पादक संघ

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २३, शुक्रबार (५ साल अघि)
  • १२ पटक पढिएको
Post Thumbnail

फाल्गुण २३, काठमाण्डौ । नेपालमा ६ महिनासम्म औषधी अभाव नहुने नेपाल औषधी उत्पादक संघले बताएको छ । आज पत्रकार सम्मेलन गरी संघले नेपालका ६२ कम्पनीले उत्पादन गरेको औषधीले ६ महिनाको माग धान्ने जानकारी गराएको हो ।

त्यस्तै यसअघि नै ल्याइसकेको कच्चा पदार्थ पनि धेरै रहेकाले औषधी अभाव हुन्छ भनेर आत्तिनु नपर्ने संघका महासचिव विप्लवबहादुर अधिकारीले बताए । भारतले सिटामोलसहित २६ प्रकारका औषधी र कच्चा पदार्थ निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालमा पनि औषधी अभाव हुन सक्ने समाचारहरु सार्वजनिक भएको थियो । तर संघले अत्यावश्यक औषधीका लागि विदेशी कम्पनीलाई अनुनय विनय गर्नुपर्ने अवस्था नरहेको बताएको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस