फाल्गुण २३, काठमाण्डौ । नेपालमा नोभल कोरोना भाइरस (कोभिड १९) को सङक्रमणको जोखिम बढेसँगै निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन (प्याब्सन) ले आगामी चैत ५ गतेबाट अनिश्चित समयका लागि संस्थागत विद्यालय बिदा दिने भएको छ ।
कोरोना भाइरसको सङक्रमण बढ्न थालेपछि संस्थागत विद्यालयले छिटो परीक्षा सकेर विद्यालय छु्ट्टी गर्ने भएको हो । चैत ५ गते भित्र परीक्षा सकेर अनिश्चित समयका लागि विद्यालय बन्द गर्ने जनाएको छ । भीडभाड भएको ठाउँमा, विद्यालयमा, सिनेमा हलमा, सपिङ मलजस्ता ठाउँमा बढी कोरोना भाइरस सर्ने भएकाले विद्यार्थीलाई छुट्टी दिइने प्याब्सनका केन्द्रीय अध्यक्ष टीकाराम पुरीले बताए ।
अध्यक्ष पुरीले चाँडो भन्दा चाँडो विद्यालय तहको परीक्षा सकेर बिदा दिने तयारी गरिएको जानकारी दिए। ‘सकेसम्म चैत ५ गतेभित्र वार्षिक परीक्षा सकेर विद्यालय वन्द गर्ने तयारी भइरहेको छ’ उनले भने, यो परिस्थितिजन्य अवस्था हो ।