फाल्गुण २४, काठमाडौं । कोरोना भाइरसको उत्पत्ति भएको देश चीनले कोभिड–१९ विरुद्ध आपतकालीन प्रयोगका लागि अर्को महिना केही खोप उपलब्ध हुन सक्ने बताएको छ । चीनले यस्तो खोपको विषयमा अनुसन्धान भइरहेको जनाएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगको विज्ञान तथा प्रविधि विकास केन्द्रका निर्देशक झेङ झोङवेईका अनुसार खोपका लागि भाइरसको पाँच पक्षलाई आधार बनाइएको छ । जयसमा स्थिर रुपमा सुधार आइरहेको बताइएको छ ।
अझै पनि अनुसन्धानको क्रममा थप कठिनाइ आउन सक्ने उनले बताएका छन् । आफू र आफ्नो टिमले भाइरसबाट सिक्ने क्रम जारी रहेको उनले बताए । साउथ चाइना मर्निङ पोष्टका अनुसार केन्द्रीय सरकारी अधिकारीले आगामी महिनाबाट केही खोप परीक्षणका लागि अनुमति दिने बताएका छन् । डिङ सियाङयाङ नामका ती अधिकारीले हुवेई प्रान्तमा कोरोना भाइरसको विषयमा अध्ययन गर्दै आएका छन् ।