नेपालमा कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २४, शनिबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फागुन २४,काठमाण्डौ  । सरकारले कोरोना भाइरसको आशंकामा अहिलेसम्म ४ सय भन्दा धेरैको नमूना परीक्षण गरेको छ ।

अहिलेसम्म चीनबाट ल्याइएका १ सय ७५ जनासहित कोरोना भाइरससँग लक्षण मिलेका ४ सय ३७ जनाको स्वास्थ्य परीक्षण गर्दा कसैमा पनि कोरोना भएको नपाइएकाले नआत्तिन तर सचेत भने हुन मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले आग्रह गरे ।

गएको माघ ९ गते चीनबाट आएका एकजनामा कोरोना भएको पुष्टि भएका व्यक्तिको सम्पर्कमा रहेका र शंका लागेका अरुको पनि नमुना परीक्षण गर्दा बाँकी कसैमा पनि कोरोनाको संक्रमण नपाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

ती व्यक्ति पनि अहिले पुरै निकै भैसकेको मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस