कोरोना भाइरस : हल्ला र प्रचारबाजी पछाडि नलाग्न गृहको आग्रह (बिज्ञप्तिसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २४, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाण्डौ । सरकारले कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा उत्पन्न हल्ला र प्रचारबाजी पछाडि नलाग्न अनुरोध गरेको छ । शनिबार एक विज्ञप्ति जारी गर्दै गृहमन्त्रालले कोरोना भाइरसबारे स्थ्यास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदान गर्दै आएको सूचनाद्वारा सचेतना फैल्याउँदै सजगता अपनाउन आग्रह गरेको हो । सहप्रवक्ता केदारनाथ शर्माले विज्ञप्ति जारी गर्दै अनावश्यक भ्रममा परी उपभोग्य वस्तुको खरिद र भण्डारणमा कुने पनि प्रकारको हतार नगर्न र कहिकतै कालोबजारी, मूल्यवृद्धि, क्रतिम अभाव भएमा तत्काल सम्बन्धित निकायमा खबर गर्न आग्रह गरेका छन् ।

संचार माध्यममा र संचारकर्मीलाई सत्य र तथ्यपरक सूचनामात्र प्रवाह गरि जनमानसमा त्रासदीपूर्ण अवस्था सिर्जना हुन नदिन पनि मन्त्रालयले अपिल गरेको छ । मन्त्रालयका भीडभाड हुन ठाउँ, सभा, सम्मलेन, भेलालगायत कार्यक्रम कोरोनाको सम्भावित खतरालाई मध्यनगर गर्दै स्थगित गर्न र आउँदै गरेको होली पर्वमा विगतमा जस्तो भिडभाड भेला हुने लोला पानी फ्याक्ने, शरीरमा रंग अबिर दल्ने कार्य जोखिमपूर्ण भएकाले यस्तो नगर्न पनि मन्त्रालयले अनुरोध गरेको छ । नागरिकको सहयोग र संलग्नताबाट कोरोना भाइरसलाई नेपालमा रोकथाम गर्ने सकिने र सरकार यसको रोकथाममा लागि हरेक उपाय अवलम्बन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस