१२ वर्षअघि कोरोना भाइरसको भविष्यवाणी गरेको पुस्तकले भनेको छ-रोग हराउँछ

फाल्गुण २४, काठमाण्डौ । कोरोना भाइरसको भविष्यवाणी १२ वर्ष अघि नै गरेको पुस्तकले रोगबारे गजबको विषय उल्लेख गरेको छ । पुस्तकले यो रोग जति छिटो आयो उति छिटो नै हराउने भविष्णवाणी समेत गरेको छ । रोगले केहीवर्षपछि फेरि आक्रमण गर्न सक्ने तर, पूर्ण रुपमा हराउने भनेको छ । भविष्यवाणी मिल्यो भने रोग चाँडै रहनेछैन । केही वर्ष यो रोगले दुःख दिनसक्छ तर धेरै वर्ष रहँदैन । छिट्टै आउने र छिट्ट हराउने भविष्यवाणी गरिएको यो रोग कोरोना भाइरसको संक्रमण हो कि भन्ने अनुमान लगाउन सकिन्छ । रोग छिट्टै आएको छ । यो छिट्टै फैलिएकोपनि छ । भविष्यवाणीमा भनिएको छ यो जत छिटो आयो उति नै छिटो हराउनेछ र पछि पूर्ण रुपमा हराउनेछ । रोग भविष्णवाणी गरेजस्तै छिट्टै हराउने र पूर्ण रुपमा निर्मुल हुने हो होइन प्रतिक्षाको विषय छ ।

सिल्भिया ब्राउनीको पुस्तक ”इन्ड अफ डेजः प्रेडिक्सन एन्ड फोरफेसिज एबाउट दी इन्ड अफ दी वल्र्ड” मा सँसारभर कोरोनाभाइरस फैलन भविष्यवाणी गरिएको थियो । यो पुस्तक सन् २००८ मा प्रकाशित भएको थियो । अहिले पुस्तक र यसमा उल्लेखित रोगको भविष्यवाणीबारेको पेज भाइरल भइरहेको छ ।पुस्तकमा सन् २०२० तिर विभिन्न किसिमका निमोनिया जस्ता रोगहरु सँसारभर फैलनेछ । फोक्सोमा आक्रमण गरी सबै किसिमका औषधीले काम लाग्न नसक्ने हुने समेत उल्लेख छ । यी वर्ष यस्तै प्रकारको रोग फैलने भविष्यवाणी गर्नसकेको भन्दै पुस्तकका लेखकको चर्चा छ । रिपोर्टर्स नेपाल

संम्बन्धित समचार

Leave a Reply