अमेरिकामा कोरोनाका कारण मृत्यु हुनेको संख्या १७ पुग्यो

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २४, शनिबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण २४, काठमाण्डौ । कोरोना भाइरसका कारण अमेरिकामा थप दुई जनाको ज्यान गएसँगै त्यहाँ यसबाट मृत्यु हुनेको संख्या १७ पुगेको छ । पछिल्लो पटक कोरोनाबाट ज्यान गुमाउने मारिने दुबै जना फ्लोरिडा राज्यका छन् । शुक्रबार अमेरिकाको फ्लोरिडा राज्यको स्वास्थ्य विभागले दिएको जानकारी अनुसार ली काउन्टीका एकजना र सान्टा रोजा काउन्टीका अर्का एक जनाको कोरोना भाइरसका कारण मृत्यु भएको हो ।

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा कोरोनाका कारण ज्यान गुमाएको यो पहिलो घटना हो । यसअघि पश्चिमी अमेरिकाका वाशिंटन राज्यमा १४ जनाको ज्यान गएको थियो भने क्यालिफोर्निया राज्यमा १ जनाको मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस