विद्यार्थीलाई हात चिर्न लगाउने शिक्षिका पक्राउ, अभद्र व्यवहारमा अनुसन्धान थालिने

Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । विद्यार्थीलाई यातना दिने शिक्षिका सीतालक्ष्मी कर्माचार्य जागीरबाट बर्खास्त हुनुका साथै प्रहरीले पक्राउ गरेको छ । उनलाई विद्यालयले शुक्रवारबाट लागू हुने गरी बर्खास्त गरेको छ भने महानगरीय प्रंहरी वृत्त बानेश्वरले कर्माचार्यलाई भक्तपुरस्थित निवासबाट पक्राउ गरेको छ । शिक्षिका कर्माचार्यले भक्तपुरको जडीबुटीस्थित जागृति एकाडेमी बोर्डिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत विद्यार्थीलाई परीक्षामा कम नम्बर ल्याएको भन्दै हात चिरेर यातना दिएको खुलासा भएको थियो ।
स्कुलका प्रिन्सिपल राजनकुमार श्रेष्ठका अनुसार, निजले त्यस विद्यालयमा पढाउन थालेको करीव १० वर्ष भएको थियोे । घटनापछि विद्यालयबाट वर्खास्त गरिएको छ ।
सामाजिक विषयमा कम नम्वर ल्याएको भन्दै यातना स्वरुप कक्षा कोठाभित्रै विद्यार्थीलाई पेनसिल कटरको ब्लेडले हात चिर्न लगाएको पाइएपछि अभियुक्त कर्माचार्यविरुद्ध अभद्र व्यवहारको कसुरमा अनुसन्धान गरिने महानगरीय प्रहरी परिसर काठमाडौंँका प्रवक्ता होविन्द्र बोगटीले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस