महिला दिवसको औपचारिक कार्यक्रम स्थगित

Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । सरकारले ‘अन्तरराष्ट्रिय श्रमिक महिला दिवस’को अवसरमा आइतवार (आज) गर्ने औपचारिक कार्यक्रम स्थगित गरेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले शुक्रवार मन्त्रालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी दिएको हो ।

‘हाल विश्वमा फैलिँदै गएको कोरोना भाइरस (कोभिड–१९) का कारण जनस्वास्थ्यमा प्रतिकूल असर पर्ने सम्भावनालाई विचार गरी बृहत् भेला, सभा, सम्मेलन, समारोह आदि कार्यक्रम नगर्ने’ मन्त्रीपरिषद् बैठकको निर्णयका आधारमा मन्त्रालयले सबै कार्यक्रम स्थगित गरेको जानकारी दिएको छ ।

मन्त्रालयले ‘समानताको पुस्ता अन्त्य गरांै हिंसा, विभेद र असमानता’ राष्ट्रिय नारा तय गरी आइतवार आज काठमाडौंको कमलादीस्थित प्रज्ञा भवनमा औपचारिक कार्यक्रमको तयारी गरेको थियो । यद्यपि मन्त्री पार्वत गुरुङले दिवसका बारेमा शुभकामना भने व्यक्त गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस