फाल्गुुण २५, काठमाण्डौ । कोरोना भाइरसको सङ्क्रमण तीव्र रुपमा फैलन थालेपछि ईटालीले झण्डै १ करोड ६० लाख मानिसलाई क्वारेण्टाइनमा राख्न थालेको छ । ईटालीको लोम्बाडीसहित उत्तरका ११ प्रान्त र पूर्वी क्षेत्रका मानिसलाई क्वारेण्टाइनमा राख्न लागिएको बीबीसीले जनाएको छ । उनीहरुलाई आउँदो अप्रिलसम्म अनिवार्य रुपमा क्वारेण्टाइनमा राखिने खबरमा उल्लेख छ ।