दुई चलचित्रको रिलिज स्थगित

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

काठमाण्डौ । विश्वमा फैलिरहेको कोरोना भइसरबाट जोगिन र आफूलाई सुरक्षित राख्न विश्व स्वास्थ्य संगठनले अपिल गरेपछि हलिउडले केही फिल्मको रिलिज रोकेको छ । बलिउडका सिनेमा पनि अब रिलिज गर्ने कि नगर्ने भन्ने अन्योलमा निर्माता एवं वितरक छन् । यता कोरोना भाइरसको त्रासको प्रभाव नेपाली चलचित्र क्षेत्रमा पनि परेको छ । कोरोनाप्रति सचेतना अपनाउँदै दर्शक सिनेमा हलमा आउने क्रम घटेको छ । यसै क्रममा दुई साता यता प्रदर्शनमा आउने भनिएका नेपाली चलचित्रको प्रदर्शनी स्थगित गरिएको छ ।

यही ३० फागुनबाट रिलिज गरिने भनिएको चलचित्र ‘म यस्तो गीत गाउँछु–२’को रिलिज हाललाई स्थगित गरिएको यो चलचित्रका निर्देशक सुदर्शन थापाले बताएका छन् । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै निर्देशक थापाले यो चलचित्रको प्रदर्शन हाललाई स्थगित गरिएको जनाएका छन् । प्रदर्शनी मिति नजिकिँदै गर्दा ‘म यस्तो गीत गाउँछु’को नयाँ गीतको भिडियो शुक्रबार सार्वजनिक गरिने तयारी हुँदै थियो । चलचित्रका कलाकार प्रचारप्रसारका लागि देश दौडाहामा थिए । कोरोना भाइरसको त्रास नेपालमा बढेसँगै सिनेमा हलमा दर्शकको आमगन स्वात्तै घटेपछि निर्माता निर्देशक थापाले आफ्नो फिल्मको रिलिज स्थगित गरेका हुन् । निर्देशक थापाका अनुसार यो चलचित्रको रिलिज मिति केही पर सारिएको छ । नेपालमा कोरोना भाइरसको संक्रमणको अवस्था नदेखिएमा र यो त्रासबाट मुक्त भई हलमा दर्शक सिनेमा हेर्न जाने क्रम बढेपछि फिल्म ‘म यस्तो गीत गाउँछु २’ रिलिज गरिने निर्माण पक्षले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस