भारतको केरलामा थपिए पाँच कोरोना संक्रमित, भारतमा ३९ जना संक्रमित

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या ३९ पुगेको छ । केरलाका स्वास्थ्य मन्त्री केके साहीलाजाले केरलामा थप पाँच कोरोनाका नयाँ संक्रमित थपिएको पुष्टि गरेकी हुन् । उनले उनीहरुलाई अस्पताल लगेर उपचार थालिएकोसमेत बताएकी छन् । यहाँ भेटिएका पाँच कोरोना संक्रमितलाई आइसोलेसन वार्डमा भर्ना गरिएको छ । जसमध्ये तीनजना इटालीबाट फर्किएकाहरु छन् भने दुई जना पथानमथिट्टा जिल्लाका रहेको छन्, केके सहीलाजाले भनिन् ।

संघीय स्वास्थ्य मन्त्री हर्ष वर्दनले शनिबार भारतमा तीनजना कोरोनाका नयाँ संक्रमित भेटिएको बताएका थिए । शनिबार भेटिएका तीन कोरोना संक्रमितमध्ये दुई जना इरानबाट फर्किएका लद्दाखका रहेको र एकजना ओमानबाट फर्किएका तमिलनाडुका रहेको बताएका छन् । त्यसैगरी पञ्‍जाबमा पनि दुईजनालाई कोरोनाको संक्रमण भएको पाइएको हो । उनीहरु दुवैजना इटालीबाट फर्किएका थिए । दुवैजनालाई गुरु नानक देव अस्पतालमा भर्ना गरिएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस