(अपडेट) प्रधानमन्त्रीको स्वास्थ्य : नियमित सन्तुलित आहार तथा स्वास्थ्यमा क्रमिक सुधार

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक सुधार आइरहेको शिक्षण अस्पतालले जनाएको छ । अस्पतालका कार्यकारी निर्देशक प्रा।डा। प्रेमकृष्ण खड्गाले आइतवार अपराह्न नियमित विज्ञप्ति जारी गर्दै प्रधानमन्त्रीको स्वास्थ्यका सबै सूचकांकहरू सामान्य रहेको जनाएका छन् ।
वहाँ प्रधानमन्त्री को स्वास्थ्यस्थितिमा क्रमिक सुधारका लक्षणहरू देखिएका छन्, साथै उहाँको भाइटल्स र ल्याब सूचकांकहरू पनि सामान्य छन्, अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

प्रधानमन्त्रीलाई नियमित सन्तुलित आहार दिनुका साथै हिँडडुल पनि गराउन थालिएको अस्पतालले जनाएको छ । प्रधानमन्त्रीलाई मिर्गौला दान गर्ने भाञ्जीको पनि स्वास्थ्य स्थिति सामान्य रहेको विज्ञप्तिमा उल्लेख छ । प्रधानमन्त्री ओलीले गएको बुधवार शिक्षण अस्पतालमा मिर्गौला प्रत्यारोपण गरेका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस