नेकपाका नेता युवराज बाँस्कोटा : दुतावासले नि:शुल्क दिएको एम्वुलेन्स भाडामा लगाएर व्यापार गर्दै

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २५, आईतबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २५, काठमाण्डौ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता युवराज बाँस्कोटाले भारतीय दुतावासबाट निःशुल्क ल्याइएको एम्बुलेन्स भाडामा लगाएर व्यापार गरेको खुलासा भएको छ । नेता बाँस्कोटा प्रधानमन्त्री केपी शर्मा ओलीको नजिकको मान्छे हुँ भन्दै हिँड्ने गरेका नेता बाँस्कोटाले ४ वर्षअघि भारतिय स्वतन्त्रता दिवसका अवसरमा कर छुटसहित ल्याइएको को२च १२५ नम्वरको एम्वुलेन्स भाडामा लगाएको खुलेको हो ।

२६ अगष्ट २०१६ मा भारतिय दुतावासले आयोजना गरेको कार्यक्रममा टाटाको सुमो गोल्ड एम्वुलेन्स बाँस्कोटा प्रतिष्ठानलाई प्रयोजनका लागी दिएको थियो । २ वर्षअघि बाँस्कोटाले सो एम्वुलेन्स विराटनगरको रुपा पराजुली ट्रष्टलाई वार्षिक १ लाख २५ हजार रुपैयाँमा भाडामा दिएका थिए । नेता बाँस्कोटाले पनि यो कुरा स्वीकार गरिसकेका छन् । एम्बुलेन्स चलाउनै धौधौ परेका कारण बाध्य भएर भाडामा दिइएको उनको भनाइ छ । बाँस्कोटा नेकपा प्रदेश नम्वर १ का कमिटी सदस्य समेत हुन् । उनकै अगुवाइमा पथरी शनिश्चरेमा इन्द्रकमल बाँस्कोटा प्रतिष्ठान स्थापना भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस