गिनिज बुकमा नाम लेखिएको यो हो सबैभन्दा सानो टापु !

  • अनलाइन केन्द्र
  • / मनोरञ्जन /
  • २०७६ फागुन २६, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

काठमाडौं । संसारमा धेरै ठूला टापुहरु छन् भने यहि संसारमा धेरै नै साना साना टापुहरु पनि छन् । अमेरिकाको न्युयोर्कस्थित एलेक्जेन्ड्रियानजिकै एउटा सानो टापु छ । ‘जस्ट रुम इनफ’ नामको उक्त टापु संसारकै सबैभन्दा सानो टापु हो ।

अन्तर्रासष्ट्रय सञ्चारमाध्यमका अनुसार उक्त टापुको आकार एउटा टेनिस कोर्ट बराबर मात्रै छ । त्यत्ति मात्रै होइन, उक्त टापुबारे अन्य रोचक कुराहरु पनि छन् । उक्त टापुमा केवल एउटा घर र एउटा रुख मात्रै रहेको छ । तर पनि, यसलाई टापुको नाम दिइएको छ । यो टापु घरको एउटा कुनाबाट शुरु भएर अर्को कुनासम्म मात्रै फैलिएको छ । यसको आकार र क्षेत्र पनि त्यत्ति नै मात्र हो ।

संसारका २ हजारभन्दा धेरै टापुमध्ये यो पनि एक टापुमा पर्दछ । तर, यसको त्यति धेरै चर्चा भने हुने गरेको छैन । ३ हजार ३ सय वर्गफिटमा फैलिएको छ यो टापुको नाम संसारको सबैभन्दा सानो टापुको रूपमा गिनिज बुकमा लेखाएको छ । यो टापु पत्ता लाग्नुभन्दा पहिलो विसप रकलाई विश्वको सबैभन्दा सानो टापु मान्ने गरिएको थियो । तर विसप रकभन्दा जस्ट रुम इनफ आधाले मात्रै सानो रहेको बताइन्छ ।

सबैभन्दा सानो भनिएको यो टापुलाई यसअगाडि हब आइल्यान्डको नामले चिनिन्थ्यो । सञ्चारमाध्यममा उल्लेख भए अनुसार, सन् १९५० मा एक परिवारले उक्त टापु किनेका थिए । र, त्यहाँ सानो घरसमेत बनाएर एउटा रुख रोपेका थिए । समयक्रमसँगै त्यस टापुको नाम नै हब आइल्यान्डबाट बदलेर जस्ट रुम इनफ नामाकरण गरिएको हो ।

अहिले उक्त टापु गिनिज बुकमा सूचीकृत हुनका साथै उक्त क्षेत्र अहिले पर्यटकको केन्द्रबिन्दु बनेको छ । अहिले उक्त क्षेत्रमा मानिस दैनिक ठूलो रकम खर्चेर घुम्नदेखि रात नै बिताउने गरी नै जाने गर्दछन् । एजेन्सीको सहयोगमा

ताजा अपडेट

खोजी गर्नुहोस