वैशाखभित्र पूरा हुँदै राष्ट्रिय प्राथमिकताको भैरहवा–लुम्बिनी–तौलिहवा सडक

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ फागुन २६, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २६, काठमाण्डौ । राष्ट्रिय प्राथमिकताको आयोजना भैरहवा–लुम्बिनी–तौलिहवा सडक विस्तार कार्य वैशाख महिनाभित्र पूरा हुने बताइएको छ । विसं २०७७ वैशाख १७ गतेभित्र सडक स्तरोन्नतिको निर्माण सम्पन्न गरी जेठ मसान्तभित्र हस्तान्तरण गर्नेगरी काम अगाडि बढाइएको निर्माण व्यवसायीका प्रतिनिधि पवन चौधरीले बताए । बत्तीस महिनाअगाडि रुपन्देहीको भैरहवादेखि लुम्बिनी हुँदै कपिलवस्तुको तौलिहवा जोड्ने ४१ किलोमिटर १३० मिटर लामो सो सडक विस्तारको ठेक्का भारतीय कम्पनी गावर कन्सट्रक्शन लिमिटेडले पाएको थियो । उक्त सडकखण्डको भौतिक प्रगति अहिलेसम्म जम्मा ६० प्रतिशत भएको छ ।

गएको पुस २८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी रु एक अर्ब ९३ करोड ६३ लाखमा ठेकेदार पक्षसँग ठेक्का सम्झौता भए पनि आगामी वैशाख १८ गतेसम्म म्याद थप गरिएको थियो । भैरहवा–लुम्बिनी–तौलिहवा सडक आयोजनाका इन्जिनीयर सागर पोखरेलका अनुसार सडक निर्माणको काम सन्तोषजनक रहेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस