तल्लो तहका कार्यकर्ता विचलित हुनु भएन : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ फागुन २६, सोमबार (४ साल अघि)
  • १  पटक पढिएको
Post Thumbnail

फाल्गुण २६, चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका शीर्ष नेताबीच देखिएको सामान्य मतभेदलाई लिएर तल्लो तहका कार्यकर्ता विचलित हुन नहुने बताएका छन् । नेकपा चितवनको सचिवालय बैठकमा पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले केही दिन अगाडि पार्टीको सचिवालय बैठकपछि भएको सामान्य मत विभाजनलाई लिएर कार्यकर्ताले विचलित मनस्थिति बनाएको भए त्याग्न अनुरोध गरे ।

बैठकमा सहभागी जिल्लाका एक नेताका अनुसार अध्यक्ष दाहालले भने “माथिका शीर्ष नेताबीच केही विषयमा मतमतान्तर भइरहन्छ, आज मत एक हुँदैन भोलि हुन्छ, त्यही कुरालाई लिएर तल्लो तहमा मत विभाजन भयो भने मिलाउन समस्या हुन्छ ।” शीर्ष नेतामा कुनै समस्या नभएको भन्दै उहाँले ‘हामी मिलिहाल्छाँै तपाईंहरुमा समस्या आयो र मिल्नु भएन भने मिलाउन कठिन हुन्छ’भने । तल्लो तहमा पार्टी निर्माणमा लाग्न अध्यक्ष प्रचण्डले जिल्लालाई निर्देशन दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस