भिडभाडमा गएर होली नखेल्न गृह मन्त्रालयको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २६, सोमबार (५ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

फाल्गुण २६, काठमाडौं । गृह मन्त्रालयले जमघट गरेर होली नखेल्न सबैमा आग्रह गरेको छ । कोरोनाभाइरसको संक्रमण फैलन नदिन ठूला सभा समारोह, भेला तथा कार्यक्रम गर्न रोक लगाएको सरकारले यसपटक सामुहिक रुपमा होली नखेल्न, भीडभाड गर्ने तथा लोला पानी हाल्ने काम नगर्न सबैसँग अनुरोध गरेको छ ।

चिकित्सकहरुले पनि पहिलेका वर्षहरुमा जस्तो यसपटक जमघट भएर होली नखेल्न आग्रह गरेका छन् । भिडभाडमा जाँदा र पानीमा भिज्दा संक्रमणकोे डर हुने भएकाले सजक हुन उनीहरुको आग्रह छ । नेपालमा अहिलेसम्म कोरोनाको प्रभाव नदेखिए पनि विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा राखेकाले सतर्कता अपनाउन प्रशासनले अनुरोध गरेको हो ।

ताजा अपडेट

खोजी गर्नुहोस