आईसीसीको नयाँ टी–ट्वान्टी बरियातामा नेपाल यथावत

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २६, सोमबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २६, काठमाण्डौ । अन्तराष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को नयाँ टी–ट्वान्टी बरियातामा नेपाल यथावत रहेको छ । आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ महिला टी–ट्वान्टी बरियतामा नेपाल १४ औं स्थानमा यथावत छ । महिला टी–ट्वान्टी बरियतामा विश्वकप विजेता अस्ट्रेलिया शीर्ष स्थानमा रहँदा इंग्ल्यान्ड दोस्रो, न्युजिल्यान्ड तेस्रो, भारत चौंथो र दक्षिण अफ्रिका पाँचौं स्थानमा रहेका छन् ।

त्यस्तै नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीकी उपकप्तान सीता राना मगर र नेरी थापाको बरियाता पनि यथावत रहेको छ । सीता ब्याटिङतर्फ ८८ औं स्थानमा यथावत् रहेकी हुन् भने नेरी बलिङ बरियताको ९५ औं स्थानमा यथावत छन् । तर अलराउन्डरतर्फ सीताको बरियता एक स्थान तल खस्केको छ । उनी एक स्थान तल झर्दै ६४ औं स्थानमा पुगेकी छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस