प्रपन्च उपन्यासः प्रेम र यौन र समाजिक यथार्थताको त्रिवेणी

  • अनलाइन केन्द्र
  • / साहित्य /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • १०१ पटक पढिएको
Post Thumbnail

काठमाण्डौ । नेपाली आख्यानको बजारमा थपिएको एउटा विल्कुलै नयाँ उपन्यास हो ‘प्रपन्च’। कतिलाई यो उपन्यास अनौठो लाग्न सक्छ, नपच्न समेत सक्छ तर प्रकाश कोइरालाद्वारा लिखित यो उपन्यास छ नै अनौठो। पढ्दा मजा आउछ, पाठकले एउटा छुट्टै किसिमको अनुभुति गर्छ र किताव हातमा परे पछि यति कौतुहल बन्छ कि पुस्तक नपढे सम्म छाड्दैन । यो उपन्यास विचारको दृश्टिकोणले, कल्पनाको गहिराई, सामाजिक यथार्थता, चिन्तनको दृश्टिकोणले त अब्बल छ नै, यौन मनोबिज्ञानको दृश्टिकोणले हेर्ने हो भने बजारमा देखिएका, लेखिएका र पढिएका उपन्यास भन्दा उच्चकोटीको उपन्यास हो भन्दा अन्याथा हुदैन । मान्छेको अचेतन मन, यसका क्रियाकलाप र यसले सृजनागरेका अबस्थाहरूलाई उपन्यासकारले सशक्त ढंगबाट प्रस्तुत गरेका छन । दार्शनिक फ्रयाडको विचारलाई पत्याउने हो भने सपनामा कसरी अचेतन मनका अतृप्त आकांक्षाहरू प्रस्फुटित हुन्छन् भन्ने कुरालाई प्रमुख पात्र पुन्यप्रसाद र उसकी प्रेमिका अन्जलीको सपनामा हुने यौनजन्य क्रियाकलापबाट देखाइएको छ ।

मध्यरातमा समेत अचेतन मनले चेतनमन माथी अचेतन प्रेम वर्षा कसरी गर्न सक्छ र त्यो अतृप्त आकांक्षा कसरी तृप्तहुन्छ र सकिन्छ भन्ने कुरा आख्यानकारले अति शुक्ष्म तरीकाद्वारा प्रस्तुत गरेका छन्। यस्तो परिकल्पना साधारण दिमागको उपज हुन सक्दैन जसकोलागि प्रकाश कोइराला जस्ता आख्यानकार नै चाहिन्छ ।

छयालिस वर्ष अगाडिको सामाजिक, राजनैतिक परिवेश र सोहि परिवेशमा विकसित सामाजिक सम्बन्धलाई आख्यानकारले मिठो भाषा शैलीमा पस्किएका छन्। सर्सर्ति हेर्दा पुन्यप्रसाद भन्ने पात्रको वरिपरी कथावस्तु घुमेपनि आधा दर्जन जति महिलाहरू के कारणले उसंग सम्बन्ध राख्न लालयित भए ? उसमा त्यस्तो के शक्ति थियो ? के यो सामाजिक यथार्थताको दृश्टिकोणले सभव छ त ? यावत प्रश्न पाठकको मनमा आउन सक्छन । तर उपन्यास पढ्दै जादा पुन्यप्रसादको आदर्श, इमान्दारिता, सकरात्मक सोच र धर्यताको प्रसंशा नगरि रहन सकिदैन। सतहीरुपमा पढ्ने हो भने पुन्यप्रसाद अहिलेको समाजले दिएको उपमा ‘बोका’ जस्तो लाग्न सक्छ तर उसका बाध्यता, विवसता, मानवीय संस्कार र सकरात्मक सोचलाई हेर्ने हो भने पुन्यप्रसाद विल्कुल आइडियल क्यारेकटर लाग्न सक्छ । पुन्यप्रसाद विविध सामाजिक, आर्थिक र मनोवैज्ञिक वाध्यताको वाइप्रोडक्ट हो । हो, कथा उसैको वरिपरि घुम्छ । विभिन्न परिपन्चको सामना गर्दा गर्दै उ कहिल्यै नथाक्ने, कहिल्यै नरोकिने, कहिल्यै नहार्ने र कहिल्यै पनि हरेस नखाने अशल विध्यार्थी, अशल शिक्षक, जिम्मेवार र सचेत नागरीक, उत्तरदायी पिता र स्वार्थ रहित प्रेमी हो ।

नारीपात्रहरू उसंगको प्रेमलाई सार्थक प्रेम ठान्छन र अन्त्य सम्म पनि प्रेमको वर्षा गरिरहन्छन । गौरी, चन्द्रकला, किरण, अन्जली, निलिमा आदी नारीपात्रहरू साचो प्रेमको प्रतिक ठान्छन अपितु उनीहरूको प्रेमलाई विभिन्न तरीकाले हेर्न सकिन्छ । गौरीले उसलाई गर्ने प्रेम राधाले कृष्णलाई गर्ने प्रेम जस्तो लाग्छ, चन्द्रकलाको प्रेम एउटी जिम्मेवार श्रीमतिले गर्ने प्रेम जस्तो, अन्जलीको प्रेम अचेतन मस्तिष्कको कमाल जस्तो र निलिमाको समर्पण प्रेमील र अनन्त जस्तो लाग्छ। भलै, प्रेमील, चारित्रिक र सामाजिक प्रपन्चले सृजना गरेको अवस्थाको दास मान्छे किन नहोस, प्रेम प्रेमकै लागि हो र यौन प्रेमलाई अझै प्रेमील बनाउने अतिआवस्यक कलाकारीता हो कि भन्ने कुरा पनि बुझ्न सकिन्छ यो उपन्यासबाट । त्यसो त यो उपन्यास प्रेम र यौनको कथा मात्र हैन, मओवादी जनयुध्दले उठान गरेका समस्या, पन्चायतकालीन परिवेशले सृजना गरेका अफ्ठेरा र तत्कालीन समाजमा व्याप्त अन्धविश्वासको यथार्थ कथा पनि हो ।
यतिहुदाहुदै पनि धेरै पात्रहरूको भिड, अनावश्यकरूपमा राखिएको प्रेम –प्रणयका चिठ्ठीहरु, कतै कतै अमिल्दा प्रसंगहरू जस्तै प्रेमीका सम्धिनी हुनुपरेको अबस्था, बावुले छोरा बुहारीलाई सुनाउने प्रेम कहानी, टाईमलाईनमा नमिले जस्ता घटनाक्रम, दार्शनिक र वौद्दिक विचार प्रचुरमात्रमा पोखिदा पोखिदै पनि कतिपय ठाउंमा अध्कल्चो चिन्तन र कथावस्तुले यसको मिठासलाई केहि कम गरेजस्तो लाग्छ। तथापी, यो पठनीय उपन्यास हो। मै हु भन्ने समालोचक र आख्यानकारले समेत यो उपन्यासबाट धेरै कुरा सिक्न सक्छन् ।

आख्यानकारः प्रकाश कोइराला
विधाः उपन्यास
प्रकाशकः बि एन पुस्तक संसार
मुल्य रूः ३५०
पेजः २५८

ताजा अपडेट

खोजी गर्नुहोस