४० हजारको भिसा प्रभावित हुने, जमघट नगर्न दूतावासको आग्रह

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २७, मंगलबार (५ साल अघि)
  • २२ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । कतार सरकारले आफनो देश प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै ३५ देखि ४० हजार नेपाली कामदारको भिसा प्रभावित हुने भएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका महासचिव सुजित कुमार श्रेष्ठले ३५ देखि ४० हजारको हाराहारीमा नेपाली कामदारको भिसा लाग्ने अवस्थामा रहेको जानकारी दिए ।

भिसा लागि सके पछि ३ महिना भित्र त्यस देशमा काम गर्न जाने कामदार प्रवेश गर्ने कानुनी प्रावधान भएको समेत श्रेष्ठले जानकारी दिए । भिसाको समय सिमा भित्र प्रवेश नगरे कामदारलाई कालोसूचीमा राख्ने कतारको प्रावधान भएकोले कालो सूचीमा नराख्नको लागि सरोकारवाला निकाय सँग छलफल गरिरहेको महासचिव श्रेष्ठले जानकारी दिए । कतार सरकारले कारोना भाईरस कोभिड १९ कोे संक्रमण फैलन नदिन नेपाली सँगै १४ देश चीन, बंगलादेश, इजिप्ट, भारत, इरान, इराक, लेबनान, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाईल्याण्डका नागरिकले मार्च ९ ९सोमवार० देखि नै कतार प्रवेश गर्न रोक लगाईएको हो । कतार सरकारले आफनो देशमा कोरोना भाइरस फैलिन नदिन यस्तो निर्णय गरिएको जनाएको छ ।

नेपालीको लागि रोजगारीको गन्तव्य मानिएको कतारमा चार लाख भन्दा बढी नेपाली कामदार कार्यरत छन् । कतारको पछिल्लो निर्णयले विजनेश सँगै भिजिट भिसामा कतार प्रवेश गर्ने पनि प्रभावित हुने देखिएको छ । कतारले आफ्ना देशका नागरिकलाई पनि सकभर बाहिरी मुलुक नजान आग्रह गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस