अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लैजान सुरु

  • अनलाइन केन्द्र
  • / विश्व /
  • २०७६ फागुन २७, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । अमेरिकाले अफगानिस्तानबाट आफ्ना सैनिक फिर्ता लैजान सुरु गरेको छ । अमेरिका र तालिवानबीच यही फागुन १७ गते भएको शान्ति सम्झौताअनुसार अमेरिकाले आफ्ना सैनिक फिर्ता लैजान थालेको बीबीसीले जनाएको छ ।

अफगानिस्तानमा शान्ति स्थापनाका लागि गरिएको सम्झौतामा अफगानिस्तानबाट अमेरिकी सैनिक फिर्ता लैजाने उल्लेख छ । सम्झौतामा अफगानिस्तानमा रहेका १२ हजार अमेरिकी सेनामध्ये एक सय ३५ दिनभित्र तीन हजार चार सय सेना फिर्ता लैजाने सहमति भएको थियो ।

सम्झौतामा अफगान सरकारले भाग लिएको थिएन तर अब तालिवानसँग वार्ता गर्ने अपेक्षा गरिएको बीबीसीले जनाएको छ । अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले सुरुमा तालिबानी कैदीहरुलाई रिहा नगर्ने बताएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस