फुटपाथमा छट्पटाईन सपना : बन्दै गरेको कलंकी अण्डरपासमा चाईना कम्पनीको चरम लापरवाही !(भिडियोसहित)

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ श्रावण २०, आईतबार (५ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

 

साउन २०,काठमाडौँ । आईतबार सवा पाँच बजे कलंकीबाट चक्रपथ जाने बाटोमा कुमरी-३,नुवाकोटकी सपना मुडभरी आफ्नो बुबाको मोटरसाईकलबाट आर्लेर कलंकी चोक आउन खेज्दैथिईन । तर निर्माणाधिन कलंकी अण्डरग्राउण्ड सडकको दाँयाबाँया फुटपाथ निर्माण भईरहेको ठाँउमा सहिद मेमोरियल अस्पतालको गेटछैउमै रहेको सडकपेटीमा फस्न पुगिन । उनको गोडा निर्माण भईसकेको सडक फुटपाथबाट भित्र छिर्न पुग्यो ।

उनी करिब २० मिनेट सडक छेउको फुटपाथमा छट्पटाईन । स्थानिय बासिन्दा, निर्माणको लागी खटिएका मजदुरको सहयोगमा उनलाई झण्डै २० मिनेटको मेहनतपछि फसेको ठाँउबाट निकालियो । फुटपाथमा स्ल्यापको ग्याप मान्छे हिड्दा सिधै फस्नेगरी बनाएकोले सर्वसधारणलाई पैदल हिड्न अप्ठेरो भएको स्थानिय बासिन्दा अरुण सिलवालले बताए । उनले भने -‘ईन्जिनियरको लापरवाहीका कारण यो दुर्घटना भएको हो ।’ दैनिक सयौँ सर्वसाधारण ओहोरदोहोर गर्ने सडकपेटीमा यस्तो लापरवाही भएपछि ठेकेदारले सोच्नुपर्ने उनको धारणा थियो ।

घाईते मुडभरीको अहिले कलंकीमै रहेको सहिद मेमोरियल अस्पतालमा उपचार भईरहेको छ । घाईतेको अवस्था खतरामुक्त रहेको अस्पताल स्रोतले बताएको छ । चाईना कम्पनीबाट निर्माणाधिन अण्डरग्राउण्ड सडक निर्माणका क्रममा देखिएका यस्ता लापरवाहीले आगामी दिनमा ठुलो घटना नघट्ला भन्न सकिन्न । यसमा निर्माणाधिन पक्षले तुरुन्तै ध्यान दिन जरुरी छ ।

यसरी छट्पटाईरहिन सपना ! भिडियो हेर्नुहोस् ।

ताजा अपडेट

खोजी गर्नुहोस