कोरोना भाइरसबाट अत्तालिएको वुहानमा राष्ट्रपति सी चिनफिङको भ्रमण !

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २७, मंगलबार (४ साल अघि)
  • ० पाठक संख्या
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । चिनियाँ राष्ट्रपति सी चिनफिङले कोरोना भाइरस कोभिड–१९ को उद्गमस्थल मानिएको वुहान पुगेका छन् । चीनमा कोरोना भाइरसका नयाँ संक्रमितको संख्या घट्दो क्रममा देखिएसँगै उनले वुहानको भ्रमण गरेका हुन् । सोमबार चीनमा भाइरसको नयाँ संक्रमितको संख्या केवल १९ थियो ।

चिनियाँ कम्युनिस्ट पार्टीको मुखपत्र पिपुल्सडेल्लीका अनुसार, चिनफिङले वुहानमा भाइरस नियन्त्रण तथा रोकथामका लागि भइरहेको कामबारे जानकारी लिनेछन् । साथै वुहानमा मेडिकल कर्मचारीहरु, सार्वजनिक सुरक्षा अधिभकारीहरु, स्वयंसेवक, बिरामी र स्थानीयसँग भेट गर्नेछन् । सोमबार देखिएको १९ संक्रमणमध्ये १७ जना वुहानका छन् । बाँकी दुई संक्रमण भने राजधानी बेइजिङ र गुआङडोङ प्रान्तका हुन् । तर बेइजिङमा भेटिएको संक्रमण बेलायतबाट र गुआङडोङमा भेटिएको संक्रमण पनि स्पेनबाट आएको बताइएको छ । चीनमा अहिलेसम्म कोरोना भाइरसका कारण ३ हजार १३६ को मृत्यु भएको छ भने ८० हजार ७५४ संक्रमित भएका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस