सुनको मुल्यले ईतिहास रच्यो ! तोलाको कति ?

फाल्गुण २७, काठमाण्डौ । सुनको भाउले मङ्गलबार फेरि नयाँ कीर्तीमान बनाएको छ । तोलामा दुई सय रुपैयाँ बढेर सुनको भाउ अहिलेसम्मकै महँगो भएको छ । सुन मङ्गलबार तोलाको ८२ हजार सात सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । यसअघि गएको आइतबार सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । चाँदीको भाउ भने तोलामा १० रुपैयाँ घटेर तोलाको आठ सय ८० रुपैयाँमा झरेको छ ।

संम्बन्धित समचार

Leave a Reply