हिमालय एयरलाइन्सको दोहा उडान स्थगित

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २७, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाडौं । निजी हवाई सेवा प्रदायक हिमालय एयरलाइन्सले कतारको दोहा उडान तत्कालका लागि स्थगित गरेको छ । कतारले आइतबार नेपाललगायत १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेसँगै हिमालय एयरलाइन्सले पनि उडान स्थगित गरेको हो ।

हिमालयले कतारको दोहामा सातामा ४ उडान गर्दै आएको थियो । कतारले नेपालीलाई तत्कालका लागि भिसा नदिने निर्णय गरेसँगै हिमालयले उडान बन्द गरेको हो । कतारले पनि कोराना भाइरसको नियन्त्रणका लागि भन्दै आइतबार १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाउने निर्णय गरेको थियो । यसअघि फेब्रअरी ४ देखि चीनको विभिन्न ४ गन्तव्यमा उडान गर्दै आएको हिमालयले उडान स्थगित गरेको थियो । हिमालयले एयरलाइन्सले ४ वटा एयरबस जहाजमार्फत सेवा दिँदै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस