कोरोना भाइरसका कारण इटालीमा सबै खेलकुद गतिविधि स्थगित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ फागुन २७, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाडौं । इटालीमा कोरोना भाइरसबाट सुरक्षा अपनाउन सबै खेलकुद गतिविधि बन्द गरिने भएको छ । कोरोनाको जोखिम कम नहुँदासम्मका लागि कुनै खेलकुद गतिविधि नगरिने इटालीका प्रधानमन्त्री जुसेप्पे कोन्टेले बताएका छन् ।

यसमा इटालियन लिग फुटबल सिरि ए का खेलहरु पनि बन्द गरिने भए पनि क्लबले गर्ने अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भने रोक लगाइएको छैन । सिरि ए का खेलहरु यसअघि अप्रिल ३ सम्मका लागि बन्द रंगशालामा गरिने पनि उल्लेख गरिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस