कुलमान घिसिङको सक्रियता : चिलिमे-त्रिशूली प्रसारण लाइन असारसम्म पूरा हुने

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०७६ फागुन २७, मंगलबार (४ साल अघि)
  • २ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, नुवाकोट । चिलिमे त्रिशूली २२० केभी प्रसारण लाइन निर्माणमा तिव्रता दिइने भएको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ, उपकार्यकारी निर्देशक हरराज न्यौपाने र बज्रभूषण चौधरी, आयोजना व्यवस्थापन, परामर्शदाता र ठेकेदार कम्पनीबीच भएको छलफलमा कामलाई तिव्रता दिन श्रमिक थप्ने सहमति जुटेको छ ।

रसुवामा निर्माणाधीन र निर्माण हुने जलविद्युत् आयोजनाको विद्युत् प्रवाहका लागि निर्माण भइरहेको प्रसारण लाइन असारसम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । जनताको जलविद्युत् कार्यक्रमअन्तर्गत चिलिमे जलविद्युत् कम्पनीको अगुवाइमा निर्माणाधीन १११ मेगावाटको रसुवागढी, ४२।५ मेगावाटको सान्जेन, १४।८ मेगावाटको माथिल्लो सान्जेनको आयोजनाको विद्युत् यही प्रसारण लाइनमा जोडिनेछ। सहमतिअनुसार, ठेकेदार कम्पनीले फागुनभित्रमा प्रसारण लाइन निर्माण, चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसन निर्माण गर्न साइटमा क्रमश स् ४ सय, १ सय ३० र २ सय ५० श्रमिक परिचालन गर्नेछ ।

ठेकेदार कम्पनीले बेहोरिरहेको नगद प्रवाहको समस्या समाधानका लागि पेस भएका बिलको भुक्तानी प्रक्रियालाई सरलीकृत गरी छिट्टो टुंग्याउन आयोजना र परामर्शदाताले आवश्यक पहल गर्नेछन्। चिनियाँ ठेकेदार कम्पनी पिङगाओ ग्रुप अफ कम्पनीजको कमजोर कार्यसम्पादनका कारण आयोजनाको निर्माण ढिलाइ भइरहेको विज्ञप्तिमा उल्लेख छ ।

कार्यकारी निर्देशक घिसिङले यो प्रसारण लाइन अत्यन्तै संवेदनशील भएकाले निर्माण जतिसक्दो छिट्टो सम्पन्न गर्नु पर्ने बताए । ठेकेदार कम्पनीले २७ किलोमिटर प्रसारण लाइनसँगै चिलिमे र त्रिशूली ३ बी हब सबस्टेसनको पनि निर्माणको जिम्मा पाएको छ ।

प्रसारण लाइनमा पर्ने ७८ वटा टावरमध्ये आठवटाको जग हालिएको छ। ४० वटा जग हाल्न खनिएको छ। बाँकीको जग हाल्न खन्ने काम भइरहेको र टावर तथा कन्डक्टर भारतबाट आउने क्रममा रहेको आयोजना प्रमुख शुभारम्भ बिक्रम शाहले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस