दादुरा रुवेला खोप अभियान : धादिङका बिभिन्न पालिकाहरुमा चैत १ गते बाट सञ्चालन हुँदै

सन्तोष सुवेदी

फाल्गुण २७, धार्के । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आयोजित दादुरा रुवेला खोप अभियान चैत १ गते बाट धादिङका बिभिन्न पालिकाहरुमा सञ्चालन हुँदैछ । ९ महिना पूरा भई ५ वर्ष ननाघेका बालबालिकाहरुका लागि सञ्चालित खोप अभियान धादिङमा पनि भब्य तयारी भईरहेको छ । बलबालिकाहरुलाई दादुरा, रुवेला रोग नलागोस भन्ने उदेश्यले यो अभियान सञ्चालन गरिएको धादिङ धुनिबेशिनगरपालिका स्वास्थ्य प्रमुख शिबहरी भट्टले बताए ।
प्रमुख भट्टले दादुरा रुवेला खोप अभियान सम्बन्धी जानकारी गराउदै यो पूर्ण रुपमा रोग निवारण नभएकाले कुनै पनि बेला महामरीको रुप लिन सक्ने भएकाले सचेत रहन सबैलाई आग्रह गरे । “यो रोग निवारणको मुख्य तरिका नै खोप हो, त्यसैले यसबाट कुनै पनि बालबालिका बञ्चित नहोस भनेर हामीले सबैतिर प्रचार समेत गरेका छौ, उनले भने । यो अभियानले दादुराका कारण मृत्यु हुने, आपंगता र रोग लाग्ने दरमा घट्ने भट्टले विश्वास व्यक्त गरे ।
सरकारले सन् २०१९ मा नेपाललाई दादुरा निवारण देश बनाउने लक्ष्य लिएको भएपनि अझै केही ठाँउमा दादुरा रुवेलाका केस फेला परेकाले अभियान सञ्चालन गरिएको बताए । “यो अभियानको अर्का लक्ष्य खोपको पहुँचमा ९५ प्रतिशत भन्दा बढी पुर्याउने र सन् २०२३ सम्ममा पुर्ण रुपमा यो रोग निवारण गर्ने हो”( उनले भने । स्वास्थ्य कार्यालयले प्रस्तुत गरेका तथ्याङक अनुसार नेपालमा २१ प्रतिशत बालबालिकाहरु खोपको पहुँचबाट वञ्चित छन् भने १ प्रतिशतले खोप नै देखेकै छैनन् ।

संम्बन्धित समचार

Leave a Reply