धमाधम बिद्युतिय प्रसारण लाइनहरु बन्दै, दाना–कुश्मा प्रसारण लाइन वैशाखभित्र सञ्चालन हुने

  • अनलाइन केन्द्र
  • / अर्थनीति /
  • २०७६ फागुन २७, मंगलबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फाल्गुण २७, काठमाण्डौ । कालीगण्डकी करिडोर २२० केभी प्रसारण लाइनअन्तर्गत म्याग्दीको दानाबाट पर्वतको कुश्मासम्मको खण्ड आगामी वैशाखभित्रमा सञ्चालनमा आउने चार्ज हुने भएको छ । ३९ किलोमिटर दाना–कुश्मा २२० केभी प्रसारण लाइन तथा दाना र कुश्मामा रहेको खुर्कोटमा २२०(१३२ केभी सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको छ । प्रसारण लाइन र सबस्टेसन वैशाखभित्र चार्ज गर्ने लक्ष्यका साथ धमाधम काम भइरहेको छ । दाना–कुश्मा खण्डमा पर्ने १ सय १० टावरमध्ये २ वटा मात्रै खडा गर्न बाँकी छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पोखरीबगरमा स्थानीयको अवरोधले २ वटा टावर खडा गर्न रोकिएको काम अहिले सहमति जुटेपछि धमाधम भइरहेको छ । पोखरीबगर र कुुश्मा नगरपालिकाको पाँगामा गरी करिब २ किलोमिटर मात्रै तार टाँग्न बाँकी छ । दुवै सबस्टेसनमा उपकरणहरु जडान भइसकेका छन् । यही प्रसारण लाइनमा निजी क्षेत्रका लगानीकर्ताहरुले निर्माण म्याग्दीमा निर्माण गरिरहेको ४२ मेगावाटको मिस्त्री खोला जलविद्युत आयोजनाको विद्युत् जोडिने छ । निर्माणको अन्तिम चरणमा रहेको आयोजनाको विद्युत् दाना सबस्टेसनमा जोडिने छ ।

ताजा अपडेट

खोजी गर्नुहोस