स्वास्थ्यमन्त्री भन्छन्-‘सरकारले सक्दैन, आफैँ क्वारेन्टाइनमा बस्नुपर्छ’

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन २८, बुधबार (५ साल अघि)
  • १७ पटक पढिएको
Post Thumbnail

फाल्गुण २८, काठमाडौं । कुनै व्यक्तिमा कोरोना भाइरस कोभिड—१९ को आशंका देखिएमा आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने सरकारले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा मंगलबार राष्ट्रिय युवा संघ नेपालको ध्यानाकर्षण पत्र बुझ्दै मन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखे जसरी नराख्ने बताए ।

विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार आफैँ क्वारेन्टाइनमा बस्नुपर्ने उनले बताए । ज्वरो आउने र रुघाखोकी देखिएमा अस्पतालमा परीक्षण गराउने व्यवस्था सरकारले गर्ने उनको भनाइ छ । कुनै व्यक्तिमा संक्रमण देखिए त्यसको जिममा सरकारले लिने मन्त्री ढकालले बताए ।

ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्ने व्यवस्था गर्ने उनले बताए । युवा संघले सामाजिक सञ्जाल र विभिन्न आमसञ्चार माध्यमबाट अड्कलबाजीमा सूचना सम्प्रेषण भइरहेको सन्दर्भमा आधिकारि सूचना जारी गर्ने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस