कोरोनाबाट बँच्न चाहानुहुन्छ ? यी ८ कुराहरुको ध्यान दिनुहोस् !

Post Thumbnail

फाल्गुण २८, काठमाडौं । चीनको वुहान शहरबाट फैलिएको कोरोना भाइरस अहिलेसम विश्वका १०६ भन्दा धेरै देशमा फैलिइसकेको छ । तर कोरोनाबाट कसरी सतर्क रहने ? र के गर्दा कोरोनाबाट बँच्न सकिन्छ ? भन्ने बारेमा स्वास्थ्य विशेषज्ञहरुले ध्यान दिनुपर्ने बिभिन्न कुराहरुको बताएका छन् ।

आज हामी तपाईलाई तिनै महत्वपूर्ण कुराहरुको बारेमा जानकारी दिनेछौँ ।

१ कोरोना भाइरसबाट बच्नको लागि हाइजीन बनाइराख्नु पर्दछ । आफ्नो आसपासको सरसफाईमा ध्यान दिनुपर्दछ । खोकी र हाच्छयुँ गर्दा रुमालको प्रयाग गर्नुपर्दछ । समय समयमा साबुन पानीले हात धुनु पर्दछ ।

२ राम्रोसँग हात धुनका लागि साबुन वा स्यानेटाइजरको प्रयोग गर्नुपर्दछ । त्यसपछिहात लगभग २० सेकेण्डसम्म सुकाउनु पर्दछ । हात धोएपछि सफा कपडाले पुछ्ने गरौँ ।

३ घरबाट बाहिर निस्किँदा एन ९५ मास्कको प्रयोग गरौँ ।

४ बजारबाट किनिएका कुनै पनि सामान खाद्य पदार्थहरु काँचोमै नखानुस् । मासु शब्जिहरु खानु भन्दा अगाडि राम्रोसँग उमालेर मात्र खाऔँ ।

५ इन्फेक्टेड वा अन्जान व्यक्तिसँग धेरै समयसम्मसँग नबसौँ । कोहि पनि व्यक्तिसँग हात मिलाए पछि साबुन पानीले राम्रोसँग हात धोऔँ ।

६ आँखा, नाक वा मुखमा पटक पटक हात नलगाऔँ । यदि छोइहालेमा तत्कालै हात धोऔँ ।

७ यदि तपाईलाई खोकी लाग्छ, खकार आउँछ र सास फेर्न अफ्ठेरो हुन्छ भने तत्कालै डाक्टरको सल्लाह र सुझव लिने गरौँ ।

८ डाक्टरबाट लिएको सल्लाहलाई नियमित पालना गरौँ ।

ताजा अपडेट

खोजी गर्नुहोस