फाल्गुण २८, काठमाडौं । सरकारले कोरोना भाइरसको प्रकोपबारे छलफल गर्न सर्वदलीय बैठक बोलाउने भएको छ । मंगलबार सिंहदरबारमा बसेको कोभिड–१९ को रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले कोरोना भाइरस नियन्त्रणका लागि सर्वदलीय बैठक बोलाउने निर्णय गरेको हो ।
निजी क्षेत्रसँग आवश्यक सहकार्य गरेर अघि बढेको सरकारले राजनीतिक तहमा पनि सहकार्यका लागि सरकारले छलफल गर्न लागेको हो । उनले छलफलको मिति भने तय भइनसकेको बताए । यसअघि प्रतिनिधिसभाको बैठकमा नेपाली काँग्रेसका सांसद गगन थापाले कोभिड–१९ को रोकथामको विषयमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरेका थिए । प्रस्तावमा एकीकृत कार्ययोजना बनाएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याइएको थियो ।