नुवाकोटमा मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सुरु

Post Thumbnail

फाल्गुण २९, नुवाकोट । जिल्लाको दुई स्थानीय तहमा आजदेखि ‘मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षण कार्यक्रम’ सुरु भएको छ । त्रिशूली जिल्ला अस्पतालमा कार्यक्रमको बुधबार जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले सुरुआत गरेका हुन् । जिल्लामा पहिलो चरणमा कार्यक्रम विदुर नगरपालिका र बेलकोटगढी नगरपालिकामा सञ्चालन हुन लागेको हो । दुई नगरपालिकाको २६ वटा वडाबाट प्रत्येक वडाबाट बढीमा २५ जनाको दरले ६५० जनालाई निःशुल्क स्वास्थ्य परीक्षण, प्रत्येक वडाबाट थप बढीमा ५० जनाका दरले एक हजार १०० लाई २५ प्रतिशत छुटमा स्वास्थ्य परीक्षण गरिने अस्पतालका प्रमुख डा रेमकुमार राईले बताए ।

डा राईका अनुसार वडा कार्यालयको सिफारिसमा आउनेले उक्त सेवा निःशुल्क वा छुटमा प्राप्त गर्न सक्नेछन् । सोह्र प्रकारको परीक्षण गरिने मुख्यमन्त्री जनता स्वास्थ्य परीक्षणका लागि रु दुई हजार दुई सय तोकिएको छ । त्रिशूली अस्पताल व्यवस्थापन समितिका अध्यक्ष अर्जुन न्यौपानेले हाललाई दुई पालिकामा मात्र सञ्चालन भए पनि आगामी वर्ष अन्य पालिकाका नागरिकका लागि पनि कार्यक्रम विस्तार हुँदै जाने जानकारी आएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख तामाङले स्वास्थ्यप्रति सजग नहुँदा कतिपय नसर्ने रोगका कारण मानिसको ज्यान जाने, उपचार गर्न पर्दा पनि लाखौँ खर्च हुने अवस्था अन्त्य गराउन यो कार्यक्रमले सहयोग पुग्ने बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस