बुमर सञ्चालनको एक वर्षः अपेक्षा अनुरुप देखिएन सडक सफा

फाल्गुण २९, काठमाण्डौ । सडक सफा गर्न काठमाडौँ महानगरपालिकाले बुमर यान्त्रिक कुचो सञ्चालनमा ल्याएको एक वर्ष बितेपनि अपेक्षा अनुरुप यहाँका सडक सफा देखिँदैन । कामपाले हालसम्ममा ब्रुमरमन्त्रमार्फत सडक सफा गरेर पाँच हजार ७९ टन धुलो सङ्कलन गरिसकेको छ । पानी परेको दिनबाहेक अन्य दिन अहिले दैनिक सात यन्त्रले सडक सफा गरिरहेको छ । कामपाले बु्रमर सञ्चालन गरेको एक वर्ष हुँदासम्म महानगरको सडकमा धुलो कम भएको छैन । बाहिरी ठूला सडकमा केही कम भए पनि भित्री सडकमा एकपटक पनि उक्त यन्त्र पुगेको छैन ।

कामपा वातावरण विभागका प्रमुख हरिकुमार श्रेष्ठका अनुसार बाहिरी सडकमा सहजरूपमा ब्रुमर सञ्चालन गर्ने अवस्था रहेको भए पनि भित्री सडकमा अझै पनि सहजरूपमा सञ्चालनको अवस्था छैन । जसले गर्दा यातायातको साधनमार्फत भित्री सडकको धुलो ठूला सडकमा आउँछन् र फोहर देखिन्छन् ।

संम्बन्धित समचार

Leave a Reply