फाल्गुण २९, काठमाडौँ । विश्वव्यापी रुपमा फैलिएको नोभल कोरोनाभाइरस कोभिड –१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले विशषगरी चारवटा रणनीति अख्तियार गर्ने भएको छ । बुधबार नोभल कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिका संयोजक उपप्रधान तथा रक्षामन्त्रीको अगुवाईमा बसेको सर्वदलीय बैठकमा सरकारले यस्तो रणनीति अख्तियार गरेको जनाएको हो ।
बैठकमा पूर्व प्रधानमन्त्रीहरु, उच्चस्तरीय समन्वय समितिका सदस्य रहेका मन्त्रीहरु, संघीय संसदमा प्रतिनिधित्व गर्ने विभिन्न राजनीतिक दलका अध्यक्ष तथा बरिष्ठ प्रतिनिधिहरुमाझ सरकारले संक्रमणका विरुद्ध उच्च सतर्कता अपनाउदै अख्तियार गरेका मुख्य चार रणनीति र त्यस अन्र्तगत सञ्चालित सम्पादित कृयाकलापसहितको विस्तृत कार्ययोजना प्रस्तुत गरिएको थियो ।
१ सरकारले आम नागरिकहरुलाई विश्वसनीय ढंगबाट स्वास्थय सेवा प्रवाह गर्ने ।
२ संक्रमणलाई प्रवेश हुनै नदिने व्यवस्था मिलाउने ।
३ नागरिकहरुमा सचेतना अभिवृद्धि गर्ने, निगरानी र क्वारेन्टाईनको स्थितिलाई अझै सुदृढ बनाउने ।
४ विरामीको उपचार तथा व्यवस्थापनलाई प्रभावकारी तुल्याउने ।
सरकारले अघि सारेको यस्ता रणनीति र कार्यक्रमलाई बैठकमा सहभागीहरुले सह्राना गर्दै थप केही सुझावसहित दलहरुको तर्फबाट सरकारलाई पूर्ण सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । सरकारले बैठकमा आएका सुझावहरुको आधारमा कार्ययोजनालाई परिमार्जन प्रभावकारी कार्यन्वयन गर्ने प्रतिबद्धता जनाएको छ ।