फाल्गुण ३०, काठमाण्डौ । विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ । अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित हुनेछन् । विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेपछि उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेको थियो । सार्वजनिक गरिएको निर्णयमा १९ वटा बुँदा छन्। जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको छाप छ ।
जसको पहिलो बुँदामा विदेशीहरूलाई दिइँदै आएको अन(अराइभल भिसा ३० एप्रिलसम्मको निम्ति स्थगित गरिएको उल्लेख छ। उक्त निर्णय १४ मार्चको मध्यरातबाट लागु हुनेछ । भिसा लिइसकेका विदेशीले नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्र गरिएको स्वास्थ्य परीक्षणको प्रमाण(पत्र प्रस्तुत गर्नुपर्नेछ । गैरआवासीय नेपालीहरूलाई परिचय पत्रका आधारमा दिइने त्यस्तो भिसा पनि सोही अवधिको निम्ति स्थगित गरिएको छ । बिबिसि