प्रधानमन्त्रीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै, आज डिस्चार्ज गरिने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • २५ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाण्डौ । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको छ । त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीको स्वास्थ्यमा अपेक्षित रूपमा सुधार हुँदै गएको प्रत्यारोपणमा संलग्न चिकित्सकले बताएका छन् ।

प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका नतिजा सामान्य र सुधारोन्मुख रहेको अस्पतालका कार्यकारी निर्देशक प्राडा. प्रेम कृष्ण खड्गाले जानकारी दिए । प्रधानमन्त्रीको भाइटल तथा ल्याब सूचक राम्रो अवस्थामा रहेको अस्पतालले जनाएको छ । प्रधानमन्त्री ओलीले खानासमेत खान थालिसकेका छन् । उनले आईसीयूमै नियमित व्यायाम गर्दै आएका छन् । यही अवस्था रहिरहे र स्वास्थ्यमा कुनै उतारचढाव नआए प्रधानमन्त्री ओलीलाई शुक्रबार साँझसम्म डिस्चार्च गर्न सकिने अस्पताल स्रोतले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस