रसुवागढी नाकामा अस्थायी प्रि–फ्याबको हेल्थ डेक्स भवन निर्माण सुरु

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (४ साल अघि)
  • ३ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, रसुवा । नेपाल र चीनको सिमानामा रहेको रसुवागढी नाकामा अस्थायी प्रि–फ्याबको हेल्थ डेक्स भवन निर्माण सुरु गरिएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयको आर्थिक सहयोगमा नाकामा रहेको हेल्थ डेक्स व्यवस्थित बनाउनका लागि अस्थायी प्रि–फ्याब भवन निर्माण सुरु गरिएको हो ।

एउटा हलसहित तीन कोठे प्रि फ्याब भवन निर्माण सुरु गरिएको स्वास्थ्य कार्यालय रसुवाले जनाएको छ । करिब १५ दिनमा निर्माण सम्पन्न गरिने हेल्थ डेक्सको लागत ३९ लाख ५० हजार रुपैँया रहेको स्वास्थ्य कार्यालय रसुवाका प्रमुख किरण श्रेष्ठले जानकारी दिए ।

ताजा अपडेट

खोजी गर्नुहोस