सार्कको नेतृत्व कोरोनाबिरुद्द लड्नु पर्छ : मोदी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (५ साल अघि)
  • २९ पटक पढिएको
Post Thumbnail

फाल्गुण ३०, काठमाण्डौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्क का सदस्य राष्ट्रहरूले साझा रणनीति बनाउनु पर्ने बताएका छन् ।

शुक्रबार ट्वीट गर्दै मोदीले दक्षिण एसियामा विश्वको ठूलो जनसंख्या बस्ने भएकाले यहाँका नागरिकलाई स्वस्थ राख्न कुनै कसर पनि बाँकी राख्न नहुने बताएका छन् । ‘कोरोना भाइरसविरूद्ध लड्नका लागि सार्क मुलुकहरूले बलियो रणनीति बनाउनु पर्ने मेरो प्रस्ताव छ। हामी भिडिओ कन्फरेन्सका माध्यमबाट हाम्रा नागरिकलाई स्वस्थ राख्नेबारे छलफल गर्न सक्छौं,’ मोदीले ट्वीटमा लेखेका छन्, ‘सँगै भएर हामीले दुनियाँलाई एउटा उदाहरण पेस गर्न सक्छौं र स्वस्थ विश्वका लागि योगदान गर्न सक्छौं ।

Narendra Modi
@narendramodi
I would like to propose that the leadership of SAARC nations chalk out a strong strategy to fight Coronavirus. We could discuss, via video conferencing, ways to keep our citizens healthy. Together, we can set an example to the world, and contribute to a healthier planet.

ताजा अपडेट

खोजी गर्नुहोस