प्रधानमन्त्री ओली अस्पतालबाट डिस्चार्ज ! भेटघाट र बाहिर हिँडडुल गर्न नमिल्ने

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७६ फागुन ३०, शुक्रबार (४ साल अघि)
  • ५ पटक पढिएको
Post Thumbnail

फागुन ३०,काठमाडौँ । मिर्गौलाको सफल प्रत्यारोपणपछि प्रधानमन्त्री केपी शर्मा ओली त्रिवि शिक्षण अस्पतालबाट डिस्चार्ज भएका छन् ।

उनी स्वास्थ्य लाभपछि शुक्रबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार फर्किएका छन् । उहाँको स्वास्थ्यमा उल्लेख्य सुधार भएको छ । त्यसैले डिस्चार्ज गरेका हौं’ अस्पतालका कार्यकारी निर्देशन प्रा. डा. प्रेमकृष्ण खड्गाले भने ।

अस्पतालबाट बाहिरिने क्रममा उनलाई चिकित्सकहरुले समाएर गाडीसम्म ल्याएका थिए । गाडी चढ्नुअघि प्रधानमन्त्री ओलीले हाँसेर हात हल्लाएका थिए । चिकित्सकहरुकाअनुसार बालुवाटार फर्किएपनि प्रधानमन्त्री चिकित्सकको प्रत्यक्ष निगरानीमा हुनेछन् ।

सामान्य त एक सातमा नै फलोअपका लागि अस्पताल आउनुपर्ने हो तर प्रत्यारोपणमा संलग्न डा. दिब्या सिंह आफैं प्रधानमन्त्रीको निजी चिकित्सक भएकाले बालुवाटारमा नै फलोअप हुनेछ र विषेश इन्भेस्टिगेशन गर्नुपर्ने भए मात्र अस्पताल आउनेसक्ने डा. खड्गाले बताए ।

चिकित्सकहरुकाअनुसार प्रधानमन्त्रीले तत्काल नियमित भेटघाट र बाहिर हिँडडुल गर्न मिल्दैन । उपचारमा संलग्न प्रा. डा. उत्तम शर्माले भने, ‘बालुवाटार गइसकेपछि पनि धेरै मानिससँग भेटघाट गर्न दिँदा उहाँलाई संक्रमणको जोखिम हुन्छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस